पोखरामा आजमात्रै थप ४ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुने सबै पुरुष रहेका छन्।

पोखरा ७ का ६५ वर्षीय पुरुषको मंसिर २४ गते कोरोना पुष्टि भई सोहि दिन बेलुका ७ :०० बजे तथा मंसिर २२ गते कोरोना पुष्टि भई उपचाररत तनहुँ शुक्लागण्डकी ८ का ७४ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:१५ बजे चरक मेमोरियल हस्पिटलमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

मंसिर २० गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा-१० का ८१ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:०० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मंसिर १९ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १३ का ५१ वर्षीया पुरुषको मंसिर २४ गते बिहान ४ :२५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 529 Viewed

प्रतिक्रिया दिनुहोस्