पोखरा महानगरपालिका-१ बगर स्थित माछापुछ्रे बैंक नजिक अन्दाजी ६० वर्षको मगर बुढा भनी बोलाउने काहुँखोला घर बताउने हालसम्म वास्तविक नाम,थर ,वतन नखुलेको मागी खाई हिड्ने पुरुष व्यक्ति मुखबाट रगत बगीरहेको अचेत अवस्थामा स्थानियले देखि प्रहरी कार्यालयमा जानकारी गरेर उक्त स्थानमा प्रहरी टोली खटिई निजलाई उपचारको लागि पश्‍चिम क्षेत्रिय अस्पतालमा पठाईएको थियो। चिकित्सकले चेकजाच गर्ने क्रममा मृत घोषणा गरेको थियो।
उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 188 Viewed

प्रतिक्रिया दिनुहोस्