लायन्स क्लब अफ पोखरा इष्ट टाउनको संस्थापक अध्यक्षमा युवा व्यवसायी सन्तोष भुर्तेल चयन भएका छन् । युवा व्यवसायी तथा सामाजिक अभियान्ताहरुको एक भेलाले उनको नेतृत्वमा नयाँ क्लब गठन गरेको हो । लायन्स अन्तर्राष्ट्रियबाट क्लबको चार्टरसमेत आइसकेको अध्यक्ष भुर्तेलले जानकारी दिए ।

क्लबको प्रथम उपाध्यक्षमा चिरञ्जिवी न्यौपाने, द्वितीय उपाध्यक्षमा आनन्दराज पोखरेल, सचिवमा सरोज भुतेल चयन भएका छन् । एडमिस्टेटरमा अरुण पौडेल, ट्रेजररमा रामशरण थापा, सहसचिवमा प्रदीप पोखरेल, सहकोषाध्यक्षमा सन्दीप थापा चयन भएका छन् ।

क्लबको मार्केटिब कम्प्युनिकेशन चियरपर्सनमा राजेश बास्तोला, टेमरमा अमृत कँडेल, टेल टुइस्टर फिच्चु घले, डारेक्टरमा कृष्ण तिवारी र उज्वल तिवारी छन् । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ क्लब स्थापना गरिएको सचिव सरोज भुर्तेलले बताए।


क्लबको एक्स्टेन्स चियरपर्सनमा सुरेन्द्र पौडेल र विकास भुर्तेल तथा गाइडिब लायनमा ठाकुरप्रसाद अधिकारी र लेखबहादुर केसी छन् ।


यसैबीच, शुक्रबार क्लबको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै लायन्सका डिष्ट्रिक्ट सेक्रेटरी सूर्यकुमार केसीले नयाँ क्लबले सामाजिक क्षेत्रमा राम्रो काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । डिष्ट्रिक्ट चियरपर्सन विकास भुर्तेलले व्यापार व्यवसायसँगै संघसंस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय हँुदा नेतृत्व विकासमा समेत टेवा पुग्ने धारणा राखे । क्लबलाई लायन्स क्लब अफ पोखरा मिड टाउनले स्पोन्सर गरेको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 152 Viewed

प्रतिक्रिया दिनुहोस्