आज पोखरामा नेपाली कांग्रेस कास्कीले सरकारविरुद्ध प्रदर्शन गरिएको छ। । विशाल ¥याली सहितको प्रदर्शनमा कांग्रेस नेताहरु सहित भातृसंस्थाका कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ ।

नेकपा नेतृत्वको सरकार सर्वसत्तावाद र अधिनायकवादी बाटोमा हिँडेको आरोप कांग्रेसको छ । कास्की कांग्रेसले प्रदर्शन मार्फत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको राजीनामाको माग गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका फितलो भयो भन्दै कांग्रेसले प्रदर्शन गरेको हो । केही समय अघि तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको दुव्र्यवहार विरुद्धको आन्दोलन भएको कास्की कांग्रेसले जानकारी गराएको छ ।

“भ्रष्टार सरकार सत्ता छोड”, “नेपाली कांग्रेस जिन्दावाद” लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । चिप्लेढुङ्गाबाट शुरु भएको ¥याली पृथ्वीचोक पुगेर कोणसभामा परिणत हुनेछ । कोणसभालाई नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 250 Viewed

प्रतिक्रिया दिनुहोस्