जन्ती गएर फर्कने क्रममा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेमा भारतको सीतामढी जिल्लाको मुढा ग्रामपञ्चायतका ३५ वर्षीया राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।मंगलबार बिहान महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत मनरासिसवा नगरपालिका ६ स्थित जन्तीबाट घर फर्किने क्रममा बी.आर.०५ पी २०२२ नम्बरको गाडी आफैँ अनियन्त्रित भई पल्टिएको थियो।
सिंह सर्लाहीको बलरानगरपालिका ९ बाट मनरासिसवा नगरपालिका ६ मा सोमबार राति जन्ती आएका थिए। बिहान फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि चालक फरार रहेको र उनको खोजीका साथै घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।