पोखरामा बुधबार थप दुई कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखराको फिष्टेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०.२० बजे मृत्यु भएको हो । उहालाई मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई पोखराको फिष्टेल अस्पतालमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । उहाँमा प्रेसर, सुगर लगायतका दीर्घरोगहरु रहेको बताइएको छ ।

त्यस्तै पोखरा-१२ निवासी ८४ वर्षीय कोरोना संक्रमित पुरुषको पोखराको फिष्टेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५.४५ बजे मृत्यु भएको छ । मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत उहाँको उपचारकै क्रममा मृत्यु भएको हो । उहाँमा निमोनिया समेत रहेको बताइएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८६ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 199 Viewed

प्रतिक्रिया दिनुहोस्