३ पुष, काठमाडौं
सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 59 Viewed

प्रतिक्रिया दिनुहोस्