पोखरा महानगरपालिकाले आम नागरिकलाई असर पर्ने गरी लगाईएको पार्किङ्ग शुल्क ठेक्का विरुद्ध ध्यानकर्षण गराइएको छ । सार्वजर्निक सडक, पेटी किनारामा रहेको खाली ठाउँलाई पार्किङ्ग स्थलको रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गंभिर असर परेको नागरिक समाज कास्कीले जनाएको छ ।

समाजका तर्फबाट संयोजक इन्द्र कमल मानन्धर सहितको टोली महानगर पुगी प्रमुख मान बहादुर जि.सी.लाई ध्यानकर्षण पत्र मार्फत सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किङ्ग र उचीत स्थानमा शुल्क पार्किङ्ग एरिया राख्न समेत माग गरिएको छ ।

जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकार माथिनै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सोमा सचेत हुन आग्रह गरिएको छ । सो पत्र बुझ्दै महानगरका प्रमुख मान बहादुर जि.सी.ले पोखरालाई व्यवस्थित गर्न निजी सवारी साधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्रार्पिmक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए । सोही अवसरमा नागरिक समाजका पूर्व संयोजक विष्णु हरि अधिकारी, प्रवक्ता गोकुल कार्की, सल्लाकार शसि तुलाचन लगायतले पार्किङ्ग र शुल्क व्यवस्थित रुपमा गरिनुपर्ने बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 132 Viewed

प्रतिक्रिया दिनुहोस्