नितम्ब सुन्दर बनाउनका प्लास्टिक सर्जरी गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ ।

स्वीमसुट डिजाइनरसमेत रहेकी इन्स्टा मोडल ३० वर्षीया जसलिन क्यानोले नितम्बको प्लास्टिक सर्जरी गराउने क्रममा मृत्यु भएको हो ।

इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन्, जो उनको सुन्दर शरीर (फिगर)का प्रशंसक हुन् । उनलाई मेक्सिकोकी ‘किम कार्दासियन’ समेत भन्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन् ।

‘बट लिफ्ट’ भनिने शल्यक्रियामार्फत क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो । त्यस क्रममा उनको मृत्यु नै भएको हो ।

शरीरलाई आकर्षक बनाउन गरिने यस्तो शल्यक्रियामा ३ हजार व्यक्तिमध्ये एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 202 Viewed

प्रतिक्रिया दिनुहोस्