तिर्थ केसी-पोखरा
पोखरा रोटरी क्लब अफ पोखरा अन्नपूर्णले केदरेस्वर महादेब मन्दीर स्थित बिध्यापिठका बटुक हरुलाई न्यानो कपडा बितरण कार्यक्रम सप्पन्न गरेको छ।

क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी बिध्यापीठका बटुकहरुलाई स्वीटर र टोपी बितरण गरेको हो। हाल बिध्यापीठमा ४० जना बटुकहरु अध्ययनरत रहेको बिध्यपीठका पिठाधीस डा लेखनाथ आचार्यले जानकारी दिएका छ्न ।

कोरोना कहर का कारण परेको असरले गर्दा गुरुकुलको दैनिक कृयाकलापमा प्रतिकूल प्रभाव परेको चर्चा गर्दै डा आचार्यले सस्कृत शिक्षाको संरक्षणमा सबै पक्षको ध्यान हुनु अहिलेको आवस्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै क्लबका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले रोटरी क्लबको बारेमा जानकारी दिदै क्लबका गतिबीधि बारे प्रकाश पारेका थिए ।

क्लबका अध्यक्ष प्रदीप भक्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देबेन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सम्योजकभानू भण्डारीले सन्चालन गर्नू भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 222 Viewed

प्रतिक्रिया दिनुहोस्