भारतको बिहारमा ३ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

२४ महिनाको कानुनी प्रक्रियापछि २९ वर्षका रामलाल महतोलाई बिहारको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

सन् २०१८ को जुन २ मा ३ वर्षकी बालिका हराएको भनेर दालसिङसराई प्रहरी चौकीमा उजुरी परेको थियो। त्यसको भोलिपल्ट ती बालिका हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

नग्न भेटिएकी बालिकाको शरीरभर चोट थियो। घटना हुनु अगाडि ८ प्रत्यक्षदर्शीले बालिकालाई रामलालसँग देखेका थिए।

रामलालले सुरुवातमा बलात्कारको घटना अस्वीकार गरेपनि पछि यो कुकर्म आफैंले गरेको भनेर स्वीकार गरेका थिए।

अब रामलाललाई चाँडै मृत्युदण्ड दिइनेछ।

अन्तिम पटक अध्यावधिक गरिएको 774 Viewed

प्रतिक्रिया दिनुहोस्