नवलपरासी(पूर्व) पुष ०५ : आगो ताप्न्ने क्रममा लगाएको कपडा सल्कीन गई बृद्धाको मृत्यु भएको छ।

पुष ०४ गते नवलपरासी पूर्व जिल्ला मध्यबिन्दु नगरपालिका- १० अरुणखोला बस्ने अंन्दाजी ७७ वर्षकि देवकी घिमिरे आफ्नै घर बाहिर कुर्सीमा बसि आगो ताप्ने क्रममा अचानक आगो निजले लगाएको कपडामा सल्कीन गई शरिरमा आगो लागी घाईते हुदा उपचारको लागि किर्तिपुर अस्पताल काठमाण्डौ पठाईएको थियो। उनको उपचारको क्रममा पुष ०५ गते चिकित्सकले मृत घोषणा गरेका छन्।

उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 194 Viewed

प्रतिक्रिया दिनुहोस्