पोखरा पुष ०६ : पोखराको लामाचौरमा पुरुषको शव फेला परेको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका-१६ लामाचौरस्थित घाटीपाटनको कच्चीरोड साइडको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५।४० वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ।

उक्त खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले समय नेपाललाई जानकारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 244 Viewed

प्रतिक्रिया दिनुहोस्