उच्च अदालत पोखराले अर्को आदेश नभएसम्म पोखरा महानगरपालिकाभित्र उठाइदै आएको पार्किङ्ग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश नारायण श्रेष्ठको एकल इजलासले पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगरका प्रमुख, प्रमुख कार्यकारी अधिकृत तथा राजस्व शाखा प्रमुख र फेवासिटी जेभी प्रालिलाई त्यस्तो अन्तरिम आदेश जारी गरेको हो। त्यस आदेशमा अघि भनिएको छ, ‘सडक किनारामा सवारी साधन पार्किङ गर्ने व्यावस्थापन गर्दा, गराउँदा एवमं गर्नुपर्दा सडकमा गुड्ने सवारी साधनको आवागमनलाइ र मानिस आवातजावत गर्नलाइ उल्लेखनिय असर पुग्ने गरि नगर्नु नगराउनु भनि अन्तरिम आदेश रद्ध गरीपाउँ भनी सम्बन्धित पक्षको निवेदन परेका वखत पुनर्विचार हुनेगरि प्रस्तुत निवेदनको टुँगो नलागे सम्मको लागि उच्च अदालतको निमावली,२०७३को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ जागौं नेपालका तर्फबाट कास्की संयोजक नारायण हरि तिवारी र अधिवक्ता राजेन्द्रमान श्रेष्ठले पोखरामा ब्यबस्थित पार्किङ्गको माग सहित आइतबार उच्च अदालत पोखरामा रिट निबेदन दायर गरेका थिए । रिट निबेदकका तर्फबाट सोमबार अधिवक्ताहरु राजेन्द्रमान श्रेष्ठ, सन्तोष अधिकारि, लिलाबल्लभ न्यौपाने, बिमल प्रसाद लामिछाने , बेद बहादुर बिस्ट , कृष्णकुमार श्रेष्ठ, पुष्पराज पराजुली, राजुराज अधिकारि र सुरेन्द्र थापामगरले बहस गरेका थिए ।
पार्किङ्ग शुल्कका बारेमा उच्च अदालत पोखराले जारी गरेको अन्तरिम आदेश
अन्तिम पटक अध्यावधिक गरिएको 199 Viewed

प्रतिक्रिया दिनुहोस्