अभिनेत्री रेखा थापाले राजनीतिक दलहरुप्रति कडा टिप्पणी गरेकी छिन् ।

दुई तिहाई सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संसद विघटन गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै उनले कडा टिप्पणी गरेकी हुन् ।

नेपाली अभिनेत्रीहरुमध्ये अन्यायका विरुद्धमा बोलिहाल्ने अभिनेत्री हुन्,रेखा थापा। उनी अन्याय सहेर बस्नु हुन्न र नारी कुनै पनि हिसावले कमजोर हुँदैनन भन्ने मान्यता राख्दै आएकी छन्।

त्यसैले होला उनले राजनीतिक दलका नेतालाई नेपालको वहादूरीको इतिहास सम्झाएकी छिन् र देशका लागि केही गर्न नसकेकको सत्ता मै मरिहत्ते गर्ने नेताको रुपमा चित्रित गरेकी छिन् ।

अंग्रेजसँग लडेर जोगाएको देशलाई केहि कुपोषित मान्छेहरुले आफ्नो स्वार्थको मैदान बनाएको उनले बताएकी छन्। उनले लेखेकी छन्,‘ अंगे्रजसँग लडेर जोगाएको यो देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए । आफु मरेर देश बाचोस भन्ने कोही छैन, सबै आफुलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान ईतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौ।’

उनले अगाडी लेखेकी छन्,‘ ब्रह्माण्ड तातिएर आउछ । सतलज नदीसम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ बर्षका नवालक छोरा रण बहादुर बोकेर नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी र बलभद्र कुवर, अमर सिंह थापा, भक्ती थापा, राणबिर सिंह थापा, उजिर सिंह थापाले९ नालपानी, जैथक, देउथलमा ।’

अन्तिम पटक अध्यावधिक गरिएको 286 Viewed

प्रतिक्रिया दिनुहोस्