पोखरामा अनेरास्ववियू कास्कीका कार्यकर्ताहरुले पोखरामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीकाे विराेधमा सांकेतिक रुपमा बयलगाडा बनाएर पोखरा घुमाएका छन्।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला पनि जलाएका छन्।

बुधबार पोखराको महेन्द्रपुलमा अनेरास्ववियू कास्कीका विद्यार्थी नेताहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

नयाँबजार बाट सुरु भएको जुलुस पोखराको नयाँबजार हुँदै महेन्द्रपुलमा आएर कोणसभामा परिणत भएको थियो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीकाे विराेधमा सांकेतिक रुपमा बयलगाडा बनाएर पोखरा घुमाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

यसैबीच आज पनि प्रदर्शनकारी र प्रहरी बीच झडप भएको हो।

हेर्नुहोस पुरा कार्याक्रम भिडियोमा

अन्तिम पटक अध्यावधिक गरिएको 320 Viewed

प्रतिक्रिया दिनुहोस्