काठमाडौं । भारतीय अभिनेत्री रकुलप्रीत सिंहलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले आफूलाई कोरोना संक्रमाण भएको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छिन् –‘ म तपाईहरुलाई भन्न चाहन्छु , मलाई कोरोना संक्रमण भएको छ । अहिले म क्वारेन्टीनमा बसेको छु । आराम गरिरहेको छु । ठिक भएपछि म काम सुरु गर्ने छु । जो जो मेरो सम्पर्कमा आउनु भएको छ । कोरोना परीक्षण गराउनु हालो ।’

केही समयदेखि रकुलप्रीत फिल्म ‘माई डे’ को सुटिङमा व्यस्त थिइन् । यही क्रममा उनलाई कोरोना संक्रमण भएको हो । यस फिल्ममा अमिताभ बच्चन विशेष भूमिकामा रहेका छन् ।

साथै अजय देवगन पनि साथमा छन् । फिल्मको सुटिङ डिसेम्बर ११ देखि सुरु भएको थियो । फिल्म २०११ अप्रिल २९ मा रिलिज हुने छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 89 Viewed

प्रतिक्रिया दिनुहोस्