स्याङजा पुष ०९ : स्याङजामा पानी ट्याङकि भित्र डुबेको अवस्थामा बालिकाको शव फेला परेको छ।

स्याङजा जिल्ला फेदीखोला गाउँपालिका-१ सर्केटारी स्थित अर्जुन कुमार गुरुङको घरमा बिगत ६।७ वर्ष पहिले निज बालिकाको बाबु आमा वतन केहि थाहा नभएको हुदा घरमा धर्म हुन्छ भनि पाल्दै आएका उक्त १२ वर्षकि सन्ध्या सारु मगर पुष ०८ गते बिहान बाट हराएको हुदा खोजतलास गर्दै जाने क्रममा पुष ०९ गते निज अर्जुन कुमार गुरुङको घर भन्दा अन्दाजी १५० मिटर माथि पानीको ट्याङकि भित्र डुबेको अवस्थामा मृत फेला परेकी छन्।

उक्त खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्