काठमाडौं ( जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई भ्रममा पारेको बताएका छन्।
ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्डनेपाल मुक्त भएको भट्टराईको भनाइ छ । तैपनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन्।

चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ। ‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन, हामीले भाग लियौंरु लिएनौं।’

उनले चुनाव भनेको विषको घैंटोमा अमृत राखेकोजस्तै भएको पनि बताएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्