काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ ।

दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दई दिनमै नेप्से करिब ७० अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । गतहप्ता औसतमा दैनिक साढे ५ अर्बको कारोबार हुँदै आएको आज त्यो १ अर्बले घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से ३९.९८ अंकले घटेर १९९८.६५ बिन्दुमा आइपुगेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार २०४ कम्पनीको ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३१२ रुपैयाँ बराबरको ८१ लाख ७७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् ।

आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१९.४८ अंकले घटेको छ ।

कारोबारमा आएका २०४ कम्पनीमध्ये जम्मा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् ।

गतहप्ता आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५१ प्रतिशत लाभांश घोषणा गरेको इन्स्योरेन्सको सेयरप्रति लगानीकर्ताको आकर्षण अझै देखिएको छ ।

आज यसको सबैभन्दा धेरै ६७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नबिल बैंक ४० करोड र एनआइसी एशिया बैंक २६ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

दोहोरो अंकको गिरावट आएको बजारमा पनि आज नारायणी विकास बैंकको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज विशाल बजार कम्पनी सेयर मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले
घटेको छ ।

घट्दो बजारमा आज विशाल बजार कम्पनी सेयर मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले
घटेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 88 Viewed

प्रतिक्रिया दिनुहोस्