
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग हिंजो साँझ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो नेतृत्वको टोलीले भेटेको छ।
साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए ।
भेटमा चिनियाँ पक्षले चीनको कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्ष पुग्न लागेको अवसरमा नेपाल भ्रमण गरेको बताएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल(चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरेका थिए।
हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारेका थिए।