पोखरा, पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीले आज पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र प्यानल घोषणा गरेकी छन् । संघको उपाध्यक्ष रहेकी सुवेदीले संघमा १४ वर्ष लामो अनुभव गरिसकेको बताउँदै उत्साहकासाथ स्वतन्त्र प्यानल घोषणा गरेको बताउनुभयो ।

No description available.

सुवेदीको प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल र कोषाध्यक्षमा तारानाथ ढुंगानाको उम्मेदवारी घोषणा भएको छ । संघको उपमहासचिव पदको लागि गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौलाको उम्मेदवारी घोषणा भएको छ । यस्तै कार्यसमिति सदस्यका लागि पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम तथा उत्तम कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सुवेदीले कर्पोरेट, उद्योग र वस्तुगत सदस्यको उम्मेदवारी छिट्टै घोषणा हुने बताउनुभयो ।

यसैबीच, स्वतन्त्र समूहबाट अध्यक्षको उम्मेदवार बनेकी विन्दु कोइराला सुवेदीले नारायण कोइराला समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका पवन प्रजापतिलाई सघाउने बताउनुभएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 169 Viewed

प्रतिक्रिया दिनुहोस्