काठमाडौं । सन् २०२१ अभिनेता रणबीर कपुरको लागि विशेष रुपमा सुरु भएको छ ।
शाहिद कपुरलाई लिएर सुपर हिट फिल्म ‘कबीर सिंह’ बनाएका सन्दीप रेड्डीले रणबीरको साथमा नयाँ फिल्मको घोषणा गरेका छन् ।

नयाँ वर्षको पहिलो दिनमै उनले सामाजिक सञ्जाल ट्वीटमा एक टिजर सार्वजनिक गर्दै फिल्मको नाम एनिमल पनि घोषणा गरेका छन् ।

पोस्टको क्याप्सनमा उनले लेखेका छन् –‘ भावुकतालाई अनुभव गर्नुहोस् ’ फिल्ममा एक पिता र छोराको भावुक कहानी हुने छ ।

फिल्ममा अनिल कपुर, बोबी देओल,परिणिती चोपडाको पनि अहम भूमिका रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 148 Viewed

प्रतिक्रिया दिनुहोस्