आइतबार बिहान पोखराको जिरो किलोमिटर नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएर फरार भएका छन। कारले ढक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

पोखरा-८ जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं। को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५।१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका-४ घरभई पोखरा-५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएका छन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 137 Viewed

प्रतिक्रिया दिनुहोस्