कास्की : पोखराको मानवसेवा आश्रममा पुरुष मृत अवस्थामा फेला परेका छन्।

भारतको उत्तराखण्ड घर बताउने अन्दाजी ५२ वर्षको बावान्याह सन्तोष नाम भएको पुरुष ब्यक्ति यही मिति २०७७।०९।११ गते देखी कास्की जिल्ला पोखरा महानगरपालिका-१७ छोरेपाटन स्थित मानवसेवा आश्रममा बस्दै आएका उनि पुष २१ गते अन्दाजी १०:१० बजेको समयमा उक्त आश्रममा मृत अवस्थामा फेला परेका छन्।

उक्त खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो।

अन्तिम पटक अध्यावधिक गरिएको 225 Viewed

प्रतिक्रिया दिनुहोस्