महानगरीय प्रहरी परिसर ललितपुरको कन्ट्रोल (१०० नम्बर)मा फोन गरेर ‘ठूलै अपराध गर्छु र अपराध गरेर आफू पनि मर्छु’ भन्ने व्यक्तिलाई महागनरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–४ कमलपोखरी बस्ने ३८ वर्षीय कुमार श्रेष्ठ छन् ।

प्रहरीका अनुसार उनले पुस २१ गते (मंगलबार) दिउँसो ४ बजेतिर ललितपुर प्रहरी परिसरको कन्ट्रोल (१०० नम्बर)मा फोन गरेका थिए । प्रहरीको आकस्मिक नम्बरमा फोन गरेका उनले मंगलबार बेलुकी ८ बजेसम्म ‘कुनै ठूलो क्राइम गर्ने’ र त्यसपछि आफू पनि मर्ने भनेर प्रहरीलाई हैरानी दिएका थिए ।

प्रहरी कन्ट्रोलमा फोन गर्दा प्रयोग भएको मोबाइल नम्बर ट्रेस गरेर प्रहरीले उनको ‘लोकशन’ पत्ता लगाइ मंगलबार दिउँसो ४ बजेर ५० मिनेटतिर पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त सातदोबाटोको हिरासतमा राखिएको महागनरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 261 Viewed

प्रतिक्रिया दिनुहोस्