काठमाडाैं, २२ पुस । सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । आज छापावाला सुन रुपैयाँ ३०० ले वृद्धि भएर प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 24 Viewed

प्रतिक्रिया दिनुहोस्