तनहुँको भिमादमा एकजना डरलाग्दो अवस्थामा रहेका मानिस फेला परेका छन ।

उनी बिगत लामो समय देखि डरलाग्दो जंगलको बिचमा बस्दै आएका रहेछन। मानव सेवा आश्रमद्वारा सुरु गरिएको मेची महाकाली अभियान अन्तर्गत सामाजिक अभियान्ताहरु भाग्य न्यौपाने लगाएतको समुहले तनहुँको भिमादमा अस्ति राति मात्रै एकजना मानिस जंगलको बिचमा कस्टकर जीवन जिउदै आएको भन्ने समाचार आउँन साथ् त्यस स्थानमा पुगेको थियो । रातीको समयमा ३ घन्टाको निकै दुखको यात्रा पछि त्यस स्थानमा पुग्न सकिने रहेछ ।

रातीको बेलामा मानिसहरु बत्ति बाल्दै ओडारमा आएको देखिपछि उनि त्यस स्थानबाट भागेका थिए। उनी बस्ने स्थानमा पुगेर अभियान्ताहरुले उनलाई भेटाउन नसकेपछि गाउपालिका लाइ जिम्मा लगाएर अभियानको टोली पोखरा आएको थियो।

No description available.

No description available.

त्यसको १० घाटा नबित्दै गाउँपालिका का अद्यक्षले उनलाई पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा जिम्मा लगाएका छन। उनलाई आअश्रम्ले कपाल कातिदिएको छ भने उनको सम्पूर्ण जिम्मा ग्रहण गरेको छ ।

हेर्नुहोस भिडियोमा कस्ता थिए पहिला उनि र आश्रममा आएपछि कस्ता भएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 511 Viewed

प्रतिक्रिया दिनुहोस्