बलात्कार (जवर्जस्ती करणी)को आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य (सांसद) अक्कल रावलले अदालतबाट सफाइ पाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश संसदीय दलका सचेतक समेत रहेका रावललाई बुधबार कैलाली जिल्ला अदालतले बलात्कार मुद्दामा सफाइ दिएको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलाशले अभियोग दाबी नपुग्ने ठहर गर्दै रावललाई सफाइको फैसला सुनाएको हो ।

रावलले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने एक महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

१४ फागुन २०७६ मा महिलाले रावलमाथि उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

रावल अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट निर्वाचित भएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 124 Viewed

प्रतिक्रिया दिनुहोस्