सन्तोस अझै भेटिएनन पोखराको फेवातालमा माछा मार्ने र बनभोज गर्ने भन्दै आएका एकजना पुरुष यहि पुस २२ गते देखि बेपत्ता भएका छ्न ।

पोखरा महानगरपालिका वार्ड न २२ पुम्दिभिम्दि भन्ने ठाउँको कालाबाङका २४ वर्षका सन्तोष परियार २ दिन देखि बेपत्ता भएका छ्न । घरमा बुवा आमा श्रीमती र ४ वर्षकि सानी छोरी पनि छिन ।

अलि अलि मादकपदार्थ प्रयोग गर्ने परियार माछा मार्न र पिक्निक खाने भनेर १२ जना सहितको टोलि फेवाताल आएका थिए ।

उनी सङै आएका साथीका अनुसार सबैजना खाना पकाउने ध्यानमा मस्त हुदा उनी कता हराए कता गए कसैलाई पनि थाहा भएन । पछि लामो समयसम्म उनी नआएपछी खोज्न सुरु गरियो ।

देउसोको १ बजे बाट हराएका उनलाई ४ बजे सम्म साथीहरुले खोज्ने प्रयास गरेका थिए । पिक्निक खाने ठाउँ भन्दा केही मिटर पश्चिम्मा उनको कपडा र चप्पल भेटिएको थियो । त्यसपछि साथीहरुले उनी पौडी खेल्न जादा डुबेको हुन सक्ने आशन्का गरेका छ्न ।

शस्त्र प्रहरी बल ,नेपाल आर्मी ,नेपाल प्रहरी र स्थानिएको सहयोगमा उनको खोजी कार्य भैरहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 385 Viewed

प्रतिक्रिया दिनुहोस्