
काठमाडौं । नेपालमा २ जना चिनियाँ नागरिकको अपहरण भएको विषय सार्वजनिक भएको छ ।
काठमाडौंको तीलगंगा (गौशाला) स्थित आनन्द होटलबाट २ जना चिनियाँ नागरिकको अपहरण भएको हो । चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुलाई काठमाडौंबाट अपहरण गरी सिन्धुपाल्चोक पु¥याइएको थियो ।
दुवै जनालाई हाटेलबाटै उठाएर जवर्जस्ती ट्याक्सीमा हालेर सिन्धुपाल्चोकको मार्मीङ्गसम्म पु¥याइएको थियो । पछि उनीहरुका साथी चिनियाँ नागरिक चउ चफिङ्गले प्रहरीलाई सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।
पुस १९ गते काठमाडौंबाट अपहरणमा परेका उनीहरुको ५ दिन पछि बिहीबार प्रहरीले दुवै जनाको सकुशल उद्धार गरेको हो ।
चिनियाँ नागरिकको अपहरणमा भने २ जना चिनियाँ नागरिककै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चीनको आङ्गखोई उहुका वु चाव र चीनको सान्दोङ्ग छिन्दियका झाङ वे अपहरणका मुख्य योजनाकार रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिए ।
डीएसपी विष्टका अनुसार चिनियाँ नागरिकको अपहरणमा २ जना नेपालीले पनि सहयोग गरेका देखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका ३२ वर्षीय दावा पासाङ्ग लामा र सोही ठाउँका ३२ वर्षीय माइला भनिने भक्त लामाले अपहरणमा सहयोग गरेका हुन् ।
प्रहरीले अपहरणमा संलग्न चिनियाँ र नेपाली गरी चारै जनालाई पक्राउ गरेको छ ।
अपहरणमा परेका २ जनाको भने अहिले उपचार भइरहेको छ । अपहरणकारीले कुटपिट गरेका कारण अपहरणमा परेका चिनियाँ नागरिकको शरीरमा चोट देखिएको छ ।