
म्याग्दी , पुष २४ : म्याग्दीमा रुखको जरामा अड्किएको अवस्थामा पुरुष मृत फेला परेका छन्।
म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका-३ पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट खसेर मृत्यु भएको हो । घरदेखी ४०० मिटर पर पारीचौरको भीरबाट १० मिटर तल खसी रुखको जरोमा अल्झिएको अवस्थामा शाही मृत फेला परेका हुन् । विहीबार राति शौचालय जान्छु भन्दै निस्केका शाही घर नफर्केपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान ९.०० बजे मृत भेटिएको ho।
उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।