कास्की पुष २४ : पोखरामा ट्याक्सीले मोटरसाईकललाई ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन्।

कास्की जिल्ला पोखरा महानगरपालिका २२ अर्चलबोटमा ग १ ज ५२८६ नं. को ट्याक्सीले ग १३ प २४१५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पोखरा १७ बिरौटाका ५९ वर्षीय ऋषिराम बराल गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका बरालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 384 Viewed

प्रतिक्रिया दिनुहोस्