तनहुँको एक घरभित्र पुरुष मृत अबस्थामा फेला परेका छन्।

तनहुँ जिल्ला आबूखैरेनी गाउँपालिका-२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका ५५ वर्षीय समय निरौला मृत फेला परेका छन् । सात वर्षदेखी उक्त घरमा बस्दै आएका निरौलाको ठेगना भने खुलेको छैन । दुई दिनदेखि घरको ढोका नखुलेपछि सोमबार बिहान ८.३० बजे ढोका खोलेर हेर्दा निरौला मृत अवस्थामा फेला परेको छन्।

उक्त खबर प्राप्त भएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्