पोखराको पृथ्वीचोकबाट बालिकाको मुन्द्रा चोरी गर्ने युवती पक्राउ परेकी छन्।

पोखरा-९ पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट सोमबार दिउँसो २.३० बजे पाँच वर्षीया बालिकालाई ललाई फकाई एकान्तमा लगेर बालिकाले कानमा लगाएका मुन्द्रा झिकेर चोरी गरेको आरोपमा प्रहरीले पोखरा-११ निवासी २२ वर्षीया एलिना गुरुङलाई पक्राउ गरेको हो । एलिनासँगै अनुसन्धानको लागि पोखरा-११ रानीपौवा स्थित सुन पसले ३० वर्षीय विजय सुनारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एलिना सोमबार साँझ ५.३० बजे पोखराको पालिखे चोकबाट पक्राउ परेकी हुन् भने सुन पसले सुनारलाई मंगलबार अनुसन्धानका लागि पक्राउ गरेको हो । पोखरा-७ घारीपाटन निवासी रमिला पौडेलकी पाँच वर्षीया छोरीको मुन्द्रा चोरी भागेको सूचना र प्राप्त हुलीयाको आधारमा चोरीमा सम्लग्न गुरुङलाई पक्राउ गरेका हुन्।

उनीहरु दुुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 606 Viewed

प्रतिक्रिया दिनुहोस्