पोखराको महेन्द्रपूल हुलाक अगाडि एन.आई.सी एशिया बैंक नजिकै नोभा डेण्टल क्लिनिक एण्ड अर्थोडन्टिक सेन्टरले सेवारम्भ गरेको छ।

No description available.

बिगत केहि बर्षदेखि पोखरामा अर्थोडन्टिक सेवा दिदै बिरामीहरूको मन जित्न सफल बरिष्ठ अर्थोडन्टिस डा. बिमल पन्थी सहितको डेण्टल सर्जनहरूको टिमले क्लिनिक संचालनमा ल्याएको हो। दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण सेवाहरु एउटै क्लिनिकमा दिने उद्देश्य सहित क्लिनिक सुरु गरिएको डा. पन्थीले बताउनु भयो।

No description available.

साथै बिरामीहरुको मागलाई मध्यनजर गर्दै यस क्लिनिकमा बिशेषज्ञ डाक्टरद्वारा बाङ्गा-टिङ्गा दाँतहरु मिलाइनुका साथै ब्रिटिश आर्मी, इण्डियन आर्मी, नेपाल आर्मी तथा सुन्दरी प्रतियोगिताका आवश्यकता बमोजिम दन्त परीक्षण साथै सम्पूर्ण उपचारको व्यवस्था मिलाईएको छ।

क्लिनिक सुरु भएको अवसरमा माघ महिना भर सम्पूर्ण दन्त उपचारमा २० % छुटको व्यवस्था गरिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 773 Viewed

प्रतिक्रिया दिनुहोस्