पाल्पा । आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका वडा नं. ५ बेझाडबजारका ५९ बर्षीय बुद्धि दराईलाई आइतबार पक्राउ गरेको छ ।

५७ वर्षीया श्रीमति रमा कुमारी दराईको हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उहाँलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार निधन भएको थियो । आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 146 Viewed

प्रतिक्रिया दिनुहोस्