पोखरा ६ माघ

पोखरामा आगामी फागुनमा प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखि ८ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक खगेन्द्र गौचनले नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र विस्तार गर्दै भलिबल मार्फत पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा खेलले सहयोग पु¥याउने बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिनाले प्रतियोगिता मुख्यमन्त्री कप मात्र नभई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न प्रतियोगिता प्रारम्भिक विन्दु हुने दावी गरे । प्रतियोगिता बाट करिव २० देखि २५ जना खेलाडी छनोट गर्ने र उनिहरुलाई बन्द प्रशिक्षण गराउने बताए ।

जिल्ला भलिबल संघ कास्कीको आयोजना, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय सामाजिक विकास मन्त्रालयलको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) र क्षेत्रीय भलिबल संघ र क्षेत्रीय खेलकुद विकास समितिको सहयोगमा पोखरा रंगशालास्थ्ति भलिबल खेल मैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको टीमहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता महिला÷पुरुष दुवै विधामा प्रथम हुनेले २ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय हुनेले १ लाख सहित कप, मेडल र प्रमाणपत्र, तृतिय हुनेले ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई समेत जनही ५ हजारद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि ५४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 216 Viewed

प्रतिक्रिया दिनुहोस्