सप्तरीमा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन नगरपालिका–२ विष्णुपुरमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तारीले जानकारी दिएको छ । विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ६४०३ नम्बरको आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा खडक नगरपालिकाको वडा नम्बर ८ का १८ वर्षीय सुदीप चौधरी छन् । उनी मोटरसाइकलको बीचमा बसेका थिए ।

दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकल चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी छन् । घाइते दुवै जनाको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले जानकारी दिए ।

डीएसपी साहका अनुसार दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि युनिक अस्पताल लगिएकोमा सुदीपको मृत्यु भएको हो ।

मृतक सुदीपको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 75 Viewed

प्रतिक्रिया दिनुहोस्