माघ १०
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव देखिएको छैन ।
काठमाडौंलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा पनि खासै प्रभाव परेको छैन । यद्यपि, अघिपछि भन्दा केही कम सवारीसाधन गुडेका छन् ।
यता पोखरामा बन्दको प्रभाव आंशिकरुपमा परेको छ ।भित्रि सडकहरुमा फाट्ट फुट्ट सवारी चलेका छन् । मूल सडक भने प्रायः खाली देखिन्छ । सम्भावित घटना हुन नदिन पोखराका मुख्य चोकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको थियो |

अन्तिम पटक अध्यावधिक गरिएको 211 Viewed

प्रतिक्रिया दिनुहोस्