“आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी #आन्दोलनकारी हौं भने ।

दाहिनेतिरबाट एउटाले पेट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई कोरेर फाल्यो । म आत्तिएर केही सोच्नै सकिनँ । गाडीमा आगो हुरहुरी बलिसक्यो म सिटबेल्ट लगाएर बसेको थिएँ ।

अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थेँ ।

म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन ।

देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने ??
हेर्नुहोस भिडियोमा

अन्तिम पटक अध्यावधिक गरिएको 66 Viewed

प्रतिक्रिया दिनुहोस्