चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाँधिने भएकी छन्।

बिहिबार उनका हुनेवाला पति थिर कोइरालाले आफूहरु सम्बन्धमा रहेको बताउँदै तस्विर सेयर गरेका छन्।

इलाम घर भएका कोइराला गीतकार हुन। दुवै जना सँगै रहेको तस्विर सेयर गर्दै आफूहरू चाँडै विवाह बन्धनमा बाँधिन लागेको कोइरालाले उल्लेख गरेका छन्। तर, विवाह कहिले हुने भन्ने अझै तय भइनसकेको उनले बताएका छन्।

करिब ६ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्।

छोरीकै आग्रहमा गायिका अञ्जुले विवाह गर्न लागेको बताइएको छ।

अञ्जु र थीरको भेट आजभन्दा ६ वर्षअघि नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।

अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्। पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा आवद्ध छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 122 Viewed

प्रतिक्रिया दिनुहोस्