पोखरामा शुक्रबार साँझ गोली चल्दा एकजना घाइते भएका छन्।

पोखरा-१४ महतगौंडामा अपरिचित व्यक्तिको गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् । पर्वत स्थायी घर बताउने विक बिजुली सम्बन्धी काम गर्दथे । घटनास्थललाई अहिले सिल गरी सुरक्षा कडा गरिएको छ ।

‘घटनाको विस्तृत विवरण आउन बाँकी छ । विक आफैं मोटरसाइकल चलाएर हामीकहाँ आइपुगेका थिए ।गोली लागी घाइते भएका विकको अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 127 Viewed

प्रतिक्रिया दिनुहोस्