एजेन्सी । बलिउडका बाजीराव अर्थात रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् । उनी लोकप्रिय अभिनेता हुन् । लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् ।

सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ । उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चार माध्यममा अनुसार उनले एउटा विज्ञापनको लागि ७ देखि १२ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।

उनी हाल ३४ वटा ब्रान्डको ब्रान्ड एम्बेसडर हुन् । उनी हालका सबैभन्दा सफल अभिनेता हुन् । उनी निकै महंगो फिल्महरुमा पनि देखिने भएका छन् ।

उनले फिल्म ‘८३’ का लागि पनि उनले ठूलो रकम लिने भएका छन् । एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्