काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।

ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 182 Viewed

प्रतिक्रिया दिनुहोस्