जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा हरेक वर्ष प्रदान गरिंदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरष्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न संस्थाको कार्यसमितिको बैठकले पुरस्कार प्रदानका लागि छनौट समिति निरमान गरेको थियो। छनौट समितिले गरेको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरिएको सचिव राजेन्द्र प्रसाईले जानकारी दिएका छन । संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको थियो । तीनवटै विधाको समान २१–२१ हजार नगद पुरस्कार राशिसहित सम्मानपत्र रहेको प्रसाई साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंले जानकारी दिनुभयो । पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडमा रहेको सभाहलमा वितरण गरिने छ।

अन्तिम पटक अध्यावधिक गरिएको 134 Viewed

प्रतिक्रिया दिनुहोस्