रोल्पा, फाल्गुन १ गते : गोरुको मासु का’टिरहेको अबस्थामा चार जना प’क्राउ परेका छन्।

गोरु काटेको अभियोगमा रोल्पा जिल्ला रोल्पा नगरपालिका-६ धर्मशाला बसोबास गर्ने ३७ वर्षीय आईत बहादुर परियार सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले प’क्राउ गरेको छ ।

सोही ठाउँमा रहेको सल्लाघारी जंगलमा गोरु काटिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ४० किलो गोरुको मासु सहित प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 153 Viewed

प्रतिक्रिया दिनुहोस्