कंगोमा एउटा डुंगा दुर्घ’टना हुँदा ६० जनाको मृ’त्यु भएको छ । दुर्घ’टनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कंगोको मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घ’टना हुँदा मृ’त्यु हुनेको संख्या पुष्टि गरेका हुन् । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घ’टना भएको हो ।

उद्दारकर्ताहरुले तीन सय भन्दा बढीलाई जीवितै उद्दार गरेको बताइएको छ । रातको समयमा भएको दुर्घटनाका कारण मृ’तकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घ’टना भएको बताइएको छ । गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा डु’ब्दा दुई बच्चासहित एक महिलाको मृ’त्यु भएको थियो । सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घ’टना हुँदा १३५ जनाको मृ’त्यु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 118 Viewed

प्रतिक्रिया दिनुहोस्