पोखरा, फागुन ४ :पोखरा नदीपुरमा ता’स खेलिरहेको अवस्थामा ४ जना प’क्राउ परेका छन्।

पोखरा महानगरपालिका-३ नदिपुरस्थित दिलमाँया दाहालको घरमा ता’स खेलिरहेको अवस्थामा भारत घर भई हाल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति प्रहरीले प’क्राउ गरेको छ । उक्त स्थानमा ता’स खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक ता’स र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित फेला पारी प’क्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्