साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय छ । यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ प्रतितोला थियो । सोमबार तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ प्रतितोला थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य २० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार २० रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ६० पुगेको महासंघले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 89 Viewed

प्रतिक्रिया दिनुहोस्